आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस
SamacharDesk | २०८० श्रावण २४, बुधबार

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।
संयुक्त राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।
संयुक्त राष्ट्रसंघको पहलिो अन्तर्राष्ट्रिय दशकको लक्ष्य भनेको आदिवासी जनजातिहरुको मानव अधिकार, वातावरण, विकास, शिक्षा र स्वास्थ्य जस्ता समस्याहरु, विभिन्न क्षेत्रका आदिवासी जनजातिहरुले भोगिरहेका विभिन्न प्रकारका समस्याहरु समाधान गर्नका लागि अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ गर्नु थियो ।
नेपालको सन्दर्भमा नेपालमा गणतन्त्रको आगमनपछि आदिवासीहरुलाई आधिकारिक रुपमा आदिवासी जनजाजातिहरुको रुपमा वर्णन गरिएको छ । मुलुकको कुल जनसंख्याको ३५.८९ प्रतिशत आदिवासीहरु देशको विभिन्न स्थानमा पूर्वदेखि पश्चिम, तथा उत्तरदेखि दक्षिणसम्म बसोबास गर्दै आएको छन् ।
तर, आदिवासी जनजातिका लागि काम गरिरहेका संस्थाहरु भने यो प्रकाशित तथ्यांकको तुलनामा आदिवासीहरु अझ धेरै हुन सक्ने दावी गर्दछन् । जनसंख्यामा एक महत्वपूर्ण हिस्सा ओगटेको तथ्यको बाबजुद पनि इतिहास पल्टाएर हेर्दा आदिवासी जनजातिलाई भाषा, राजनीति, संस्कृति तथा अन्य विभिन्न अवसरहरुमा सीमान्तकृत गरिएको देखिन्छ ।
नेपालमा सन् २०११ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२६ जात र अन्य जातिय समुहरुले १२३ भन्दा बढी भाषाहरु बोल्दछन् । यहाँ महत्वपूर्ण तथ्य के होभने देशका ९० प्रतिशत भाषाहरु आदिवासी मानिसहरुले बोल्ने गरेका छन् ।
नेपालका आदिवासीहरुको हिमाल, पहाड र तराईको मैदानमा बसोबास गर्दे अर्थात् देशको विभिन्न स्थानमा बसोबास गर्ने सबैको आआफ्नो छुट्टै संस्कृति तथा भाषाहरु साथ आफ्नै तौर तरिका र विश्वास प्रणालीहरु पनि छन् ।
देशको कूल ७७ जिल्ला मध्ये २७ जिल्लामा आदिवासी जनसख्याको बाहुल्य रहेको छ । अधिकतर आदिवासीहरु देशको दुर्गम ग्रामीण क्षेत्रको पनि ग्रामीण इलाकाहरुमा बस्छन् र त्यहाँको उपलब्ध जमिनबाट आफ्नो पविारको दैनिक जीविका चलाउन बाध्य छन् ।
दिवसको अवसरमा नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाईंदैछ । दिवसका अवसरमा आदिवासी जनजाति महासंघले आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ ।
Categorized in राष्ट्रिय