arin enterprises

अब अमेजन प्राइम भिडियोमा पनि विज्ञापन आउने

SamacharDesk | २०८० आश्विन ७, आइतबार

अमेजनले आफ्नो भिडिओ स्ट्रमिङ प्लेटफर्म प्राइम भिडियोमा विज्ञापन देखाउने घोषणा गरेको छ ।

कम्पनीले आउँदो वर्षदेखि प्राइम भिडियोमा विज्ञापन देखाउने घोषणा गरेको हो ।

विज्ञापन देखाउँदा प्रति घण्टा चार मिनेटलाई एउटा सीमा बनाउने र सकेसम्म कम विज्ञापन देखाउने कम्पनीले बताएको छ ।

गत वर्षवाट नेटफ्लिक्स र डिज्नी प्लसले विज्ञापन सहितको योजना सार्वजनिक गरेपछि अमेजनले पनि सोही बाटो पच्छ्याउन लागेको हो ।

सन् २०२४ को सुरुवातसँगै यसको पनि सुरुवात हुने कम्पनीले जनाएको छ । सुरुवाती चरणमा कम्पनीले अमेरिका, बेलायत, जर्मनी र क्यानडाबाट विज्ञापन सुरु गर्ने छ ।

त्यस्तै फ्रान्स, इटाली, स्पेन र मेक्सिकोमा प्राइम भिडियो प्रयोगकर्ताहरूले भने वर्षको अन्त्यतिरबाट विज्ञापनसहितको प्याकेज पाउनेछन् ।

गत मे महिनामा अमेजनले अमेरिकामा फायर टिभी डिभाइसहरुमा निःशुल्क र विज्ञापन (फास्ट) आउने योजना सुरु गरेको थियो ।

त्यस्तै गत अगस्टमा कम्पनीले ४०० फास्ट च्यानलमा पहुँच भएको नयाँ फायर टिभी च्यानल एप समेत ल्याएको थियो । 

Categorized in बिजनेस