चेल्सी किन्न एथेल पार्टनरको बोलपत्र
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ४, शुक्रबार

इंग्लिस प्रिमियर लिग क्लब चेल्सी किन्नका लागि लगानी ग्रुप एथेल पार्टनरले बोलपत्र पेश गरेको छ ।
रिकार्डो सिल्भाको नेतृत्वमा रहेको एथेलले पार्टनर्सले बोलपत्र पेश गरेको हो ।
एथेलले चेल्सीका लागि २ विलियन पाउण्डको प्रस्ताव गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
स्ट्यामफोर्ड ब्रिजको पुननिर्माणका र क्लबको वित्तीय समस्याहरू कम गर्न लागि एथेलले ५० मिलियन पाउण्ड तत्कालै उपलब्ध गराउने प्रस्ताव गरेको बताईएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले तीन साता अघि क्लब बेच्ने घोषणा गरेका थिए ।
सन् २००४ मा चेल्सी किनेका रोमनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको हो ।
ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका रोमनको भिषा अवधि सकिएपछि हाल उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ ।
Categorized in स्पाेर्ट्स