arin enterprises

अफगानिस्तानको विद्यालयमा विस्फोटन

SamacharDesk | २०७९ बैशाख ६, मंगलबार

अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले विस्फोटन ष्र्दौ घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ ।

विस्फोटन छुट्टाछुट्टै दुई स्थानमा गरेको थियो जसबाट ६ जनाको मृत्यु र केही घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो ।

त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो । दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय