arin enterprises

शिक्षा क्षेत्रकाे विकासका लागि नेपाल र इजरायलको विश्वविद्यालयबीच सम्झौता

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ भाद्र २, बुधबार

नेपालको सबैभन्दा ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (TU) र ईजरायलको सबैभन्दा ठुलो विश्व विद्यालय तेल अबिब विश्वविद्यालय (TAU) बीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप सघन तुल्याउने लक्ष्यसहित समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

तेल अबिब विश्वविद्यालयमै आयोजित एक संक्षिप्त कार्यक्रमकाबीच नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुषाल र ईजरायलकातर्फबाट तेल अविव विश्वविद्यालयकी उपाध्यष प्रा. मिलेट शामिरले हस्ताक्षर गर्नुभयो ।

समझदारी पत्रमा भर्च्युअल माध्यमबाट हस्ताक्षर गरिएको थियो ।

सो अवसरमा इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले दुवै विश्वविद्यालयलाई बधाई तथा शुभकामना दिनुभयो ।

राजदूत शाक्यले इजरायल र नेपालको ६ दशकदेखिको अटुट र सुमधुर कूटनीतिक सम्बन्ध पछिल्ला दिनहरूमा विभिन्न क्षेत्रमा विस्तार हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

समझदारीपत्रमा हस्ताक्षरसँगै दुई विश्वविद्यालय र अन्तर्गतका संकाय/विभागबीच एक आपसमा प्राध्यापक, शोधकर्ता, संकाय र विद्यार्थी आदान प्रदान गर्ने सहमति भएको छ ।

सोही अवसरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पस र तेल अबिब विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्र समेत प्रकाशित गरिएको थियो ।

विभागस्तरीय समझदारीपत्रमा नेपालको तर्फबाट पुल्चोक ईन्जिनियरिङ क्याम्पसको पूर्वाधार विकास अध्ययन केन्द्रका निर्देशक प्रा.डा. जगत कुमार श्रेष्ठ र ईजरायलकातर्फबाट तेल अविव विश्वविद्यालयकी प्रकोप व्यवस्थापन विभागका प्रमुख डा. बुआरी एडिनीले हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा राजदूत डा. शाक्य, तेल अविव विश्वविद्यालयकी उपाध्यक्ष प्रा. शामिर, प्रकोप व्यवस्थापन विभागकी प्रमखु डा. एडिनी, दूतावासका द्वितीय सचिव अर्जुन घिमिरेलगायतको भौतिक उपस्थिति रहेको थियो ।

त्यस्तै नेपालबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्म कान्त बास्कोटा, नेपालका लाडि इजरायली राजदुत खनान गोडेर, विश्वविद्यालयका रेक्टर प्रा.डा. भुषाल, पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट पूर्वाधार विकास अध्ययन केन्द्रका निर्देशक प्रा. डा. श्रेष्ठ, सिभिल इन्जिनियरिङ विभागका प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्रलगायत भर्चुअल माध्यमबाट जोडिएका थिए ।

तेल अविव विश्वविद्यालयका एशिया इन्गेजमेन्टकी निर्देशक इम्मा एफ्टरम्यान र इजराय नेपाल मैत्री संघका अध्यक्ष नादाभ बेन यहुदाले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।

Categorized in राष्ट्रिय