सत्तारुढ गठबन्धनमा महानगरपालिकाको भागबण्डामा सहमति
SamacharDesk | २०७९ बैशाख ६, मंगलबार

प्रधानमन्त्री निवास बालुवाटरमा आज बसेको बैठकमा सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ ।
शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति गरेको हो । त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।
नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने निर्णय भएको छ । ११ वटा उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन बैठकमा छलफल भइरहेको छ ।
चुनावी तालमेलको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष नजिक पुगेको छ। सरकारका प्रवक्ता एवम् सञ्चाकर तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धन निष्कर्ष नजिक पुगेको हो।
Categorized in राजनीति