arin enterprises

रोनाल्डोको गोलसँगै अल नासेर फाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २५, बिहिबार

अल नासेर साउदी क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ ।

क्लबको कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासिर प्रतियोगिताको फाइनल पुगेको हो ।

पोर्चुगिच स्टार फुटबलर रोनाल्डोले सेमिफाइनलको खेलमा पेनाल्टी माफर्त गोल गर्दै अल नासिरले इराकी क्लब अल सोर्टालाई १–० गोल अन्तरले पराजित गर्यो ।

उनले ७५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

साडियो मानेलाई सोर्टाका फैसल जसीम नफिल अल मनाले फल गरेपछि अल नासिरले पेनाल्टी पाएको हो । पहिलो हाफमा रोनाल्डोले गरेको गोलले अफ साईडका कारण मान्यता पाएको थिएन ।

शनिबार हुने फाइनलमा अल नासिरले साउदीकै क्लब अल हिलालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Categorized in स्पाेर्ट्स