arin enterprises

मोरोक्को माथि जमर्नीको शानदार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ८, सोमबार

महिला विश्वकपमा जमर्नीले शानदार जित हासिल गरेको छ । सोमबार भएको समुह एचको खेलमा जमर्नीले मोरोक्कोलाई ६–० गोलले हराएको हो ।

मेलवर्न स्टेडियममा भएको खेलमा अलेक्जेन्ड्रा पपोपले ११ औं मिनेटमा गोल गर्दै जमर्नीलाई अग्रता दिलाए ।

पपोपले २९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ४६ मिनेटमा क्लारा बुह्लको गोलवाट पहिलो हाफमै जमर्नी ३–०ले अघि रह्यो ।

दास्रो हाफमा जमर्नीले लगातार दुई गोल उपहार स्वरुप पाएको थियो । मोरोक्कोका हनानी एट इल हजले ५४ औं मिनेट र यास्मीन मुराबेटले ७९ औं मिनेटमा आत्माघाटि गोल गर्दा जमर्नीको अग्रता ५–० रह्यो ।

खेलको अन्तिममा ली शूलरले गोल गर्दा जमर्नीले ६–०  गोलको फराकिलो अग्रता लियो ।

योसँगै जमर्नीले समूहमा ३ अंक जोड्डै शीर्ष स्थानमा छ भने मोरोक्को अंक बिहिन तालिकाको पुच्छरमा छ ।

Categorized in स्पाेर्ट्स