arin enterprises

थप एक कोरोना संक्रमितको मृत्यु

SamacharDesk – विकाश | २०७७ जेठ २७, मंगलबार

आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन भरतपुर ११ का ६८ वर्षीय वृद्धको आज विहान ७ बजेर ६ मिनेटमा मृत्यु भएको हो ।

चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना संक्रमितको आज विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १५ पुगेको छ । 

पछिल्लो मृतकको भने जिवीत छँदैमा संक्रमण पुष्टि भएको हो ।

मृतकलाई ज्वरो, निमोनिया, सुगर, प्रेसर लगायतका समस्याहरु पनि रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पाँच दिन अघि नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो भने सोमबार साँझ भरतपुर अस्पतालमा सारिएको थियो ।

कोरोना संक्रमणको आशंकामा परिक्षणका लागि शुक्रबार नै उनको स्वाब संकलन गरिएको थियो भने हिजो बेलुका आएको रिपोर्टमा संक्रमण पोजेटिभ देखिएको थियो ।

यसैबीच मृतकको अन्त्येष्टि चितवनको नारायणी नदि किनार, खयरघारीमा सम्पन्न भएको छ ।

Categorized in समाज