arin enterprises

अर्जेन्टिनाले अष्ट्रेलियालाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ १, शुक्रबार

फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई हराएको छ । बिहीबार भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–० ले हराएको हो ।

चीनको राजधानी बेइजिंगस्थित वर्कर स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जिताउन लियोनल मेस्सी र जर्मन पिजेल्लाले एक एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि ६८ औं मिनेटमा जर्मनले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

यहि अग्रतालाई अन्तिमसम्म जोगाई खेल अर्जेन्टिनाले जित्यो ।

अब अर्जेन्टिनाले जुन १९ मा इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ।

Categorized in स्पाेर्ट्स