arin enterprises

बोलिभिया माथि अर्जेन्टिनाको सहज जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २७, बुधबार

विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ ।

बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले पराजित गरेको हो ।

बोलिभियालाई हराउने क्रममा इन्जो फनान्डेजले ३१ औं मिनेटमा र निकोलस टागिलाफिकोले ४२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै दोब्बर अग्रता लिए ।

८३ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै टिमलाई ३–० को जित दिलाए ।

यो जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो जित दर्ता गर्दै ६ अंक बटुलेको छ ।

बुधबार नै भएको अन्य खेलमा ईक्वेडर र भेनेजुयला विजयी भएको छ ।

Categorized in स्पाेर्ट्स