बहुविवाह मुद्दामा सजाय ठहर भएका सात वर्षपछि पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १०, बुधबार

जिल्ला अदालत बझाङबाट बहुविवाह मुद्दामा २०७० फागुन २३ गते २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जयपृथ्वी नगरपालिका ३ बस्ने ३४ राजेन्द्र बहादुर खड्का र सोही नगरपालिका बस्ने बाजुरा कुलदेवमाण्डौ घर भएका २७ वर्षीया राधिका खड्का रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई जयपृथ्वी नगरपालिका ९ देवलबाट पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत बझाङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ पठाइएको छ ।
Categorized in अपराध