arin enterprises

धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र २६, शुक्रबार

बैतडी, डिलासैनीका ओकिल रानालाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरीले डिलासैनीकै १९ वर्षीय हरिश राना र २४ वर्षीय जनक रानालाई प्रहरीले पक्राउ गरेको हो । 

ओकिल, जनक र हरिशबीच जग्गाको बिषयमा बादविवाद हुँदा हरीशले ओकिलको पेटमा छुरा प्रहार गरी घाइते बनाएको थियो ।

घटनाको खबर पाएपछि प्रहरी चौकी सिमारबाट खटिएको प्रहरी टोली ले घटनामा संलग्न दुबैजनालाई पक्राउ गरेको हो । 

छुरा प्रहारबाट घाइते भएका ओकिललाई उपचारको लागि गोकुलेश्वर अस्पताल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल डडेल्धुरातर्फ पठाइएको छ ।

Categorized in अपराध