arin enterprises

बेलायतको नागरिक भन्दै सामाजिक संजालबाट ठगी गर्ने पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ आश्विन १२, मंगलबार

आफूलाई बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

प्रहरीले बुढानिलकण्ठ नगरपालिका–१० चुनिखेल बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका–४ लिम्खियाका ३१ वर्षीय केदार राईलाई पक्राउ गरेको हो ।

राईले केडि गोरखाली नामको फेक फेसबुक आईडीबाट आफ्नै एक महिला साथीलाई आफूलाई बेलायतको लाहुरे भएको र बेलायत लैजान्छु भन्दै ठगी गरेको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा राईले मेसेन्जरमार्फत आफ्नी श्रीमतीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको, छोराछोरी लण्डलमा होस्टल राखेको भनी कुराकानी गरेको देखिएको बताएको छ ।

कुराकानीकै क्रममा राईले आफ्नो महिला साथीलाई ग्राण्डी अस्पतालमा कलेजोको उपचाररत आमालाई केहि रकम आवश्यक परेको भनी पटक पटक गरी १ लाख ६० ५ सय रुपैयाँको साथमा सुनको बेरुवा औंठी, सुनको लकेटसहितको सिक्री समेत ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीको टोलीले राईलाई पक्राउ गरेको हो । उनलाई ठगी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाईएको महाशाखाले जनाएको छ । 

Categorized in अपराध