arin enterprises

फेसबुकबाट बालिकाहरूलाई अश्लिल सामग्री पठाउने पक्राउ

SamacharDesk – बिकाश | २०७७ कार्तिक २८, शुक्रबार

सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्विर पठाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका–४ बस्ने २० वर्षीय अखिल नेपालीलाई पक्राउ गरेको हो ।

अखिलले बालिकाहरूको बारेमा यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने र हैरानी दिने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीको टोेलीले काठमाडौं महानगरपालिका–२७ बाट उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।

Categorized in अपराध