आफ्नै श्रीमती र छोरीलाई एसिड प्रहार गर्ने पक्राउ
SamacharDesk – बिकाश | २०७७ कार्तिक २९, शनिबार

आफ्नै श्रीमती र छोरीलाई एसिड प्रहार गरेको अभियोगमा धनुषाबाट एक पुरुषलाई पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने २४ वर्षीय संजिव साहलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।
साहले जानकीनगरस्थित माइतिघर बस्दै गरेकी २० वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रिया साहलाई एसिड प्रहार गरी भागेका थिए ।
घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरी टोलीले संजिवलाई पक्राउ गरेको हो ।
एसिड प्रहारबाट घाइते भएकी आरती र रियाको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ ।
Categorized in अपराध