arin enterprises

जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा एक जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ४, बिहिबार

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चन्द्रागिरीबाट एक जना पक्राउ परेका छन् ।

२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने दोलखा भिमेश्वर–१३ का ३८ वर्षीय बीर बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाको खबर पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Categorized in अपराध