जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ४, बिहिबार

एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनुषाबाट एक जना पक्राउ परेको छ ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई महतोले जबरजस्ती करणी गरेका थिए । राजेश समेतका ३ जनाले किशोरीलाई धनुषा मिथिला–३ स्थित उखुबारीमा जबरजस्ती करणी गरेको बताइएको छ ।
घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरी टोलीले राजेशलाई पक्राउ गरेको हो ।
अन्य २ जना भने हाल फरार रहेका छन् । फरार रहेका अन्य २ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध