बालिकालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ
SamacharDesk – बिकाश | २०७७ माघ ३, शनिबार

काठमाडौंको गोकर्णेश्वरबाट १५ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
बालिकालाई जबरजस्ती गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका–९का ५० वर्षीय सन्तबीर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाको खबर पाएपछि प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।
घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध