आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ फाल्गुण ४, बुधबार

दाङमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।
दाङको शान्तिनगर गाउँपालिका–३ चिराघाटको बेलडाँडाका १९ वर्षीय छोरा गोपाल मगरलाई आफ्नै बुबाको हत्याको अभियोगमा आज प्रहरीले पक्राउ गरेको हो ।
गोपालले आफ्नै बुबा ६३ वर्षीय कर्ण बहादुर मगरको हत्या गरेको बताइएको छ । अनुसन्धानको क्रममा गोपालले कर्ण बहादुरलाई चक्कुले घाँटी रेटी हत्या गरेको देखिएको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय खिलतपुर र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरी टोलीले गोपाललाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध