arin enterprises

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ बैशाख १५, बुधबार

दाङमा आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–७ श्रीगै बस्ने २६ वर्षीय पदम पोख्रेललाई आफ्नै श्रीमती २६ वर्षीया बिपना रेग्मी पोख्रेलको हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

आपसी झगडामा पदमले आफ्नै श्रीमतीलाई ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको बताइएको छ ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएकी बिपनालाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको खबर पाएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले पदमलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध