arin enterprises

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र ९, मंगलबार

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर, सूर्यविनायक नगरपालिका ताथलीस्थित लजमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका ११ बस्ने ४३ वर्षीय कुमार प्रसाद धिमाललाई प्रहरीले पक्राउ गरेको हो । 

असार २२ गते दिउँसो ती महिलालाई जबरजस्ती करणी गरी फरार भएका धिमाल सोमबार दिउँसो आफै महानगरीय प्रहरी परिसर भक्तपुरको सम्पर्कमा आएपछि उनलाई नियन्त्रणमा लिइएको हो । 

सुनसरीमा पनि एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । 

रामधुनी नगरपालिका ५ झुम्का बस्ने भोक्राहा नरसिँह गाउँपालिका ४ घर भएका ४६ वर्षीय मोहमद ईर्साद आलमलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार प्रहरीले पक्राउ गरेको हो । 

मोहमदले गत साउन २६ गते दिउँसो मोरङ घर भएकी ती किशोरीलाई ललाई फकाई धरान उपमहानगरपालिका १८ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालयत पकलीसँग समन्वय गरी उनलाई पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ । 

Categorized in अपराध