जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

एक १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले जवरजस्ती करणी उद्योगमा काठमाडौं चन्द्रागिरी नगरपालिका ३ बस्ने मुगु सोरु गाउँपालिका १० का २८ वर्षीय लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका १० घर भएका २३ वर्षीय रतन बहादुर शाहीलाई पक्राउ गरेको हो ।
किशोरीलाई २ जनाले जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त आएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान ८ बस्ने सुवास भन्ने ३६ वर्षीय भोज कुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले बालिकालाई जबरजस्ती करणी गरेको खबर आएपछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले लिम्बुलाई पक्राउ गरेको हो
घटनाको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
Categorized in अपराध