arin enterprises

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र २२, सोमबार

सप्तरीमा एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले जबरजस्ती करणी अभियोगमा खडक नगरपालिका ११ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । 

अनुसन्धानमा ती किशोरले शनिबार राति किशोरीलाई जबरजस्ती करणी गरेको खुल्न आएको प्रहरीले बताइएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरी टोलीले किशोरलाई पक्राउ गरेको हो । 

घटनाको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको बताएको छ ।

Categorized in अपराध