जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
SamacharDesk – बिकाश | २०७७ आश्विन १, बिहिबार

धनगढीमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिका २ बस्ने ३५ वर्षीय कलक बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानबाट बोहराले ती महिलाको कोठामा गई धाकधम्की दिई जबरजस्ती करणी गरेको खुलेको प्रहरीले बताएको छ ।
घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले बोहोरालाई पक्राउ गरेको हो ।
बोहरा शिक्षण पेशामा संलग्न रहेको बुझिएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Categorized in अपराध