arin enterprises

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

SamacharDesk – बिकाश | २०७७ कार्तिक २९, शनिबार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धरानबाट एक युवक पक्राउ परेका छन् । प्रहरीले यौन दुर्व्यवहारको अभियोगमा धरान उपमहानगरपालिका–२० बस्ने २० वर्षीय सचिन राईलाई पक्राउ गरेको हो ।

राईले बिहीबार दिउँसो सोही ठाँउको चुम्कुले जंगलमा दाउरा काट्दै गरेको अवस्थामा एक बालिकालाई यौन दुर्व्यवहार गरेको बताइएको छ ।

घटनाको खबर पाएपछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध