गाई काटेको अभियोगमा पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १०, बुधबार

बुढानिलकण्ठमा गाई काटेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हाल चुनिखेल बस्दै आएका शंखुवासभा भोटखोला गाउँपालिका ३ हटियाका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बुढानिलकण्ठ नगरपालिका ११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर खोलामा फाल्ने क्रममा स्थानीयहरुले देखेर प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयबाट खबर पाएपछि महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
Categorized in अपराध