arin enterprises

स्रोत नखुलेको करीब २३ लाख नगदसहित पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ आश्विन १८, सोमबार

कपिलवस्तुमा स्रोत नखुलेको करीब २३ लाख नगदसहित एक २२ वर्षीय युवा पक्राउ परेका छन् ।

कृष्णनगर नगरपालिका–२ बसपार्कबाट बुद्धभूमि नगरपालिका–९ धमौली बस्ने २२ वर्षीय जिवन प्रसाद भुसाललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भुसालको साथबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८ सय रुपैयाँ बरामद गरेको छ ।

शंकास्पद अवस्थामा हिँडिरहेका भुसाललाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद बरामद गरेको थियो । उनको झोला र शरीरबाट एक हजार, ५ सय, एक सय दरका उक्त नगद फेला पारेको प्रहरीले जनाएको छ ।

भुसाललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । 

Categorized in अपराध