एकनाले भरुवा बन्दुक सहित पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र २३, मंगलबार

दार्चुलाबाट लाइसेन्स नभएको एक थान एकनाले भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् ।
नौगाड गाउँपालिका ४ अपी नम्पा संरक्षण क्षेत्रभित्र पर्ने जिब्लधाम वनबाट उक्त बन्दुकसहित सोही गाउँपालिका मल्लमट्टे बस्ने ३५ वर्षीय बिक्रम सिंह धामीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी सिप्टीबाट खटिएको प्रहरी टोलीले धामीलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in अपराध