arin enterprises

अवैध लागूऔषधसहित पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

धनुषा जिल्ला धनुषाधाम नगरपालिकाबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले २ सय ग्राम गाँजासहित धनुषाधाम ९ राईटोल बस्ने वौवा भन्ने २३ वर्षीय दिनेश विकलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धारापानी र ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट खटिएको प्रहरीको टोलीले दिनेशलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरिएको हो ।

Categorized in अपराध