अवैध लागूऔषधसहित पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १४, आइतबार

सुनसरीमा लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीबाट लागू औषधसहित सोही ठाउँ बस्ने २२ वर्षीय सुसिल शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
शर्माको साथबाट १ सय ट्याबलेट नाइट्रोसन, ५ सय ५२ ट्याबलेट एसपी र एक सय एमएलको ३३ बोतल कोरेक्स बरामद गरेको छ ।
त्यस्तै चितवन, राप्ती नगरपालिका १० चिप्लेटीबाट अवैध लागूऔषध एक जना पक्राउ परेका छन् ।
२ केजी ५ सय ग्राम गाँजा सहित सोही नगरपालिका ९ बस्ने ३७ वर्षीय दिपक तितुङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले ना.४४ प ६९२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तितुङलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी बाँके, डुडुवा गाउँपालिका ५ कमरासाबाट १० केजी लागूऔषध गाँजाको धुलो सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भे.४ प १२८८ नम्बरको मोटरसाइकलमा सवार राप्ती सोनारी गाउँपालिका ५ गोरधुई बस्ने २४ वर्षीय राम बहादुर चौधरी र मोटरसाइकल चालक कोहलपुर नगरपालिका ११ बस्ने ४२ वर्षीय बिसराम थारु रहेका छन् । इ
ईलाका प्रहरी कार्यालय बनकट्टी ‘क’ बाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
Categorized in अपराध