लागूऔषध सहित पक्राउ
SamacharDesk – बिकाश | २०७७ कार्तिक ११, मंगलबार

नागढुङ्गाबाट विभिन्न लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
डाइजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ८६ एम्पुल र नुर्फिन ४ सय १४ एम्पुल सहित २४ वर्षीय आदित्य कुशवाहलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
कलैयाबाट काठमाडौं आउँदै गरेको बा.६ ख १५३७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार कुशवाहलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बारा सिम्रौनगढ अमृतगंज बस्ने कुशवाहालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध