arin enterprises

बाँकेमा अवैध लागूऔषधसहित एक जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ पौष २९, बुधबार

बाँकेको नेपालगंज विमानस्थलबाट अवैध लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् ।

४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलोसहित प्रहरीले उक्त पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुगु राराछाँयानाथ नगरपालिका–२ बस्ने विराट मल्ल भन्ने २४ वर्षीय पदम मल्ल रहेका छन् ।

विमानस्थल प्रवेश गर्ने मानिसहरुलाई जाँच गर्ने क्रममा मल्लबाट उक्त धूलो फेला पारी पक्राउ गरिएको हो ।

विमानस्थलभित्र सामान पठाई दिने बहानामा प्रवेश गर्न लागेका मल्लले हातमा समाती राखेको पोलोथिनभित्र उक्त धुलो फेला परेको हो ।

Categorized in अपराध