arin enterprises

तनहुँमा नियन्त्रित लागूऔषधसहित पक्राउ

SamacharDesk – बिकाश | २०७७ पौष २९, बुधबार

तनहुँमा विभिन्न नियन्त्रित लागू औषधसहित एक पुरुष पक्राउ परेका छन् ।

भानु नगरपालिका–१ खुर्सानी बारी बस्ने २७ वर्षीय भरत तामाङलाई विभिन्न नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

तामाङको साथबाट २० एम्पुल नुरफीन, २० एम्पुल डाईजेपाम र २० एम्पुल फेनारगन बरामद गरेको छ ।

तामाङलाई प्रहरीले भानु नगरपालिका–२ नारेश्वरटारबाट पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा तामाङबाट उक्त लागूऔषध बरामद गरेको हो ।

Categorized in अपराध