arin enterprises

आलोकनगरबाट लागूऔषध सहित एक जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ४, बिहिबार

काठमाडौंको आलोकनगरबाट एक जना पुरुषलाई लागू औषधीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने काभ्रे पाँचखाल नगरपालिका–५ अनेकोटका २१ वर्षीय बिकाश लामालाई पक्राउ गरेको हो ।

लामालाई लागूऔषध नाइट्रोभेट ३ सय एम्पुलसहित आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले लामालाई आलोकनगरस्थित फ्रेण्ड रेष्टुरेण्टबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध