arin enterprises

बाराबाट अवैध लागूऔषधसहित एक जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ कार्तिक १४, शुक्रबार

बाराको पचरौताबाट अवैध लागू औषध चरेश र गाँजासहित एक युवक आज पक्राउ परेका छन् ।

पचरौताको रामनगर बस्ने २० वर्षीय बिनोद यादवलाई प्रहरीले बेल्दारीबाट गाँजा र चरेशसहित पक्राउ गरेको हो ।

यावदको साथबाट करिब २ केजी लागूऔषध गाँजा र करिब २ केजी लागूऔषध चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

नेपालबाट भारततर्फ साईकलमा जाँदै गरेका यादवलाई जाँच गर्ने क्रममा उनले बोकेको झोला र शरिरमा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला परेको हो ।

प्रहरी चौकी बेल्दारीबाट खटीएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Categorized in अपराध