arin enterprises

अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटीसहित पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र ९, मंगलबार

अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित लमजुङमा एक महिला पक्राउ परेका छन् ।

बेसिशहर नगरपालिका ७ बस्ने ३८ वर्षीया सिद्धि माया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

तामाङको घरमा अवैध रूपमा जंगली जडिबुटी संकलन गरी लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनको घरमा खानतलासी गर्दा अवैध जडिबुटी ४ सय ७६.१ केजी डालिङ, १ सय ५४ केजी वन लसुन, २४.६ केजी कुड्की, १४.९ केजी जटामसी, १८.३ केजी सुगन्धवाल, ४.४ केजी सतुवा र २.८ केजी वन आलु बरामद गरेको छ ।

तामाङलाई बरामद जडिबुटी सहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

Categorized in अपराध