arin enterprises

गैंडाको खाग सहित पक्राउ

SamacharDesk – बिकाश | २०७७ कार्तिक ६, बिहिबार

संरक्षित वन्यजन्तु गैंडाको खाग कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले आज एकजनलाई चुच्चेपाटीबाट पक्राउ गरेको छ ।

प्रहरीले सुनसरी ईनरुवा नगरपालिका ७ घर भई हाल काठमाडौं कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाललाई पक्राउ गरेको हो । 

चुच्चेपाटी पासाङ ल्हामु चोकबाट गैंडाको खाग भन्दै बिक्री गर्न साथमा लिई हिंडिरहेको अवस्थामा रिजाललाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

थप अनुसन्धान तथा कारवाहीको लागि रिजाललाई गैंडाको खागसहित जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महाशाखाले जनाएको छ ।  

Categorized in अपराध