arin enterprises

बाघको छाला र हड्डी सहित पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र २२, सोमबार

बझाङको बुङगल नगरपालिका ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आज विहान पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका ६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र बोहरा रहेका छन् । 

विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँड्दै गरेको अवस्थामा उनीहरुलाई चेकजाँच गर्दा उक्त छाला र हड्डीसहित फेला पारी पक्राउ गरेको हो ।

सुदुर पश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई नियन्त्रणमा लिइ प्रहरीले थप अनुसन्धान अघि बढाइसकेको जनाएको छ ।

Categorized in अपराध