arin enterprises

सानेपाबाट विभिन्न लागूऔषधसहित एक जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार

ललितपुरको सानेपाबाट विभिन्न नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीले सप्तरी खडक नगरपालिका–५ का ४५ वर्षीय रामचन्द्र मण्डललाई पक्राउ गरेको हो ।

मण्डलको साथबाट एक सय ४१ एम्पुल डाईजेपाम, एक सय ४१ एम्पुल बुप्रेनोर्फिन र एक सय ४१ एम्पुल फेनारगन बरामद गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मण्डललाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

मण्डललाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ । 

Categorized in अपराध