दलले बेवास्ता गरेकाले कलाकार रविन्द्र खड्का उम्मेदवारी दिनबाट बन्चित
SamacharDesk – विजयरत्न | २०७९ बैशाख १२, सोमबार

काभ्रेको पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका कलाकार रविन्द्र खड्का भने अन्तिम घडीमा चुनावको दौडबाट बाहिरिएका छन् ।
उम्मेदवारी दर्ताको लागि तोकिएको पहिलो दिन आइतबार साँझ प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उनले आफु संलग्न पार्टी नेकपा एमालेका कारण तत्लकाको लागि मेयरको दावेदारीबाट पछि हटेको उल्लेख गरे ।
पार्टीले आफ्ना मुद्दाहरुलाई हलुका रुपमा लिएको, भेटघाट र छलफलसम्म गर्न नचाहेर आफुलाई बेवास्ता गरेको गुनासोसहित तत्कालको लागि मेयरको दावेदारीबाट पछि हटेको खड्काले उल्लेख गरेका छन् ।
विज्ञप्तिमा खड्काले आफु सदैव सकारात्मक सोचका साथ पार्टी भन्दा माथि उठेर ‘देश र नागरिकका लागि मरिमेट्ने कुरा पनि जोडेका छन् ।
सोही विज्ञप्तीमार्फत अर्को कार्यकालको लागि भने आफ्नो उम्मेदवारी निरन्तर रहने घोषणा पनि खड्काले गरेका छन् ।
आफुले दावेदारी प्रस्तुत गर्न ढिला गरेको स्मरण गर्दै छोटो अवधिमा आफुलाई साथ सहयोग र हौसला दिने पनौतीवासीदेखि चलचत्रकर्मी सबैलाई धन्यबाद पनि व्यक्त गरेका छन् ।
Categorized in राजनीति