arin enterprises

एट्लेटिको म्याड्रिड अन्तिम ८ मा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २, बुधबार

स्पेनिस क्लब एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ ।

अन्तिम १६मा एट्लेटिकोले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई समग्रमा २–१ गोलले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो  ।

स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिकोले १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो लेगमा एट्लेटिको १–०ले विजय भयो ।

ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन खेलको ४१ औं मिनेटमा रेनान लोडीले निर्णायक गोल गरे ।

उनलाई एन्टोनियो ग्रीजम्यानले पास उप्लब्ध गराएका थिए । 

Categorized in स्पाेर्ट्स