७ बर्षपछि एट्लेटिको म्याड्रिडलाई ला लिगाको उपाधि
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ९, आइतबार

एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।
शनिबार राति भएको सिजनको अन्तिम खेलमा रियल भालाडोलिडलाई २–१ गोलले पराजित गरेको थियो । उसले रियल म्याड्रिडलाई २ अंकले पछि पार्दै ७ बर्षपछि उपाधि जितेको हो ।
एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे ।
खेलको १८ औं मिनेटमा ओस्कारले गोल गर्दै सुरुवाती अग्रता भने भालाडोलिडले बनाएको थियो ।
तर, खेलको ५७ औं मिनेटमा कोरेयाले गोल गर्दै एट्लेटिकोलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६७ औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए ।
यस जितसँगै एट्लेटिकोले ३८ खेलमा ८६ अंक जोड्यो । दोस्रो स्थानको रियलले ८४ अंक जोड्यो । भालाडोलिड भने रेलिगेसनमा परेको छ । भालाडोलिडले ३८ खेलमा ३१ अंक जोड्यो ।
पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो भने यो उसको ११ औं ला लिगा उपाधि हो ।
Categorized in स्पाेर्ट्स