अब एक्समा पनि अडियो तथा भिडियो कल गर्न सकिने
SamacharDesk | २०८० भाद्र १९, मंगलबार

ट्वीटर (एक्स) मा अडियो तथा भिडियो कल गर्न सकिने फिचर आउने भएको छ । कम्पनीका मालिक एलन मस्कले एक्समा पोस्ट राख्दै चाँडै अडियो तथा भिडियो कल फिचर ल्याउने घोषणा गरेका हुन् ।
यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा मस्कले कुनै जानकारी दिएका छैनन् । उनले यसलाई आउँदै छ मात्रै भनेका छन् ।
एक्समा अडियो तथा भिडियो कलको सुविधा आउने खबर बाहिरिएको भने पहिलो पटक होइन ।
“यसले आईओएस, एन्ड्रोइड, म्याक तथा कम्प्युटरमा काम गर्नेछ भने यसका लागि फोन नम्बर आवश्यक पर्ने छैन ।” उनले लेखेका छन् ।
यो फिचर ब्लु सब्स्क्राइबरले मात्र प्रयोग गर्न पाउँछन् वा सबैले प्रयोग गर्न पाउँछन् भन्ने खुलेको छैन ।
केहि समयअघि जुलाईमा कम्पनीका डिजाइनर एन्ड्रियु क्यानवेले एक्समार्फत स्क्रिनसट शेयर गरेका थिए ।
जसमा मेसेज बक्सको सबैभन्दा माथि दायाँपट्टि कलको अप्सन रहेको देख्न सकिन्छ ।
जसमा ट्याप गर्दा अडियो र भिडियो कलको अप्सन आएको स्क्रिनसटमा देख्न सकिन्छ ।
Categorized in विज्ञान-प्रविधी