arin enterprises

अष्ट्रेलियाले जित्यो आईसीसी महिला विश्वकपको उपाधि

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २०, आइतबार

आईसीसी महिला विश्वकप २०२२ को उपाधि अष्ट्रेलियाले जितेको छ ।

फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।

क्रिष्टचर्चमा आइतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ३ सय ५७ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३.४ ओभरमा २ सय ८५ रन बनाउँदै अलआउट भयो ।

जसमा इंग्ल्यान्डकी नाट सिभरले शतकीय इनिङ खेल्दै अविजित रहिन् । उनले १ सय २१  बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ४८ रन जोडे । यस्तै टामी बिउमोंटले २७, कप्तान हेथर नाइटले २६, यमी जोन्सले २०, सोफिया डंक्लेले २३ र  चार्ली डीनले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङ्गमा अष्ट्रेलियाका एलना किङ र जेस् जोनासेनले समान ३/३ तथा मेगन चुटले २ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५  विकेट गुमाएर ३ सय ५७ रन बनायो ।

यसको लागि एलेस्या हिएलेले सर्वाधिक १ सय ७० रनको शतकीय इनिङ खेलिन् । उनले १ सय ३८ बलमा २६ चौका प्रहार गरे ।

यस्तै रचेल हयनेसले ६८ र बेथ मोनीले ६२ रनको अर्धशतकीय इनिङ खेले ।  कप्तान मेग लेनिङले १०, एल्से पेरीले अविजित १७ र तालीय मेग्र्थले अविजित ८ रनको योगदान दिए ।

इंग्ल्यान्डकी एन्या शरुभोस्ले र सोफिया एक्लेस्टोनले समान ३/३ विकेट हात पारिन् ।

यो सहित अष्ट्रेलियाले ७ औं पटक विश्वकप जितेको हो । यसअघि अष्ट्रेलियाले सन् १९७८, सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५ र सन् २०१३ मा विश्वकप उपाधि जितेको थियो ।

Categorized in स्पाेर्ट्स