आइपिएल खेल्न आएका अष्ट्रेलियन क्रिकेटरहरु आफ्नो देश फर्किन नपाएपछि माल्दिभ्सतिर लागे
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २३, बिहिबार

इन्डियन प्रिमियर लिग(आइपिएल) स्थगित भएपछि भारतमा अड्किएका अष्ट्रेलियन क्रिकेट खेलाडीहरु मालदिभ्स लागेका छन् ।
अष्ट्रेलियन सरकाराले भारतबाट जाने उडानमा १५ मे सम्मका लागि प्रतिबन्ध लगाएको र भारतबाट कोही फके पाँच वर्ष जेल हाल्ने निर्णय भएकोले अष्ट्रेलियन क्रिकेटरहरु मालदिभ्स लागेको हो ।
भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया(बिसिसिआइ)ले आइपिएल रोक्ने निर्णय गरेको थियो ।
अष्ट्रेलियन क्रिकेटर्स एसोसिएशन र क्रिकेट अष्ट्रेलियाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै भारतमा अड्किएका अष्ट्रेलियन खेलाडी, प्रशिक्षक, म्याच अधिकारी, कमेन्टेटर्स माल्दिभ्सका गएको जनाएको छ ।
दुबै संस्थाले अष्ट्रेलियन सरकारबाट कुनै पनि खालको छुटको माग गरेको भने छैन । साथै अष्ट्रेलियाली सरकारले भारतबाट जाने उडानलाई अनुमति नदिएसम्म उनीहरू माल्दिभ्समै रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘उनीहरू सबै ठिक हुन्छन् । उनीहरूको राम्रो हेरचाह गरिएको छ र सबै जना घर पुग्छन्,’ बिसिसिआईका प्रमुख सौरभ गांगुलीले इन्डियन एक्सप्रेससँग भने, ‘अष्ट्रेलियन साथीहरू भोलि माल्दिभ्स पुग्छन् र क्वारेन्टिनको समय सकाउँछन् अनि सुरक्षितसाथ अष्ट्रेलिया पुग्नेछन् । त्यसैले म केही समस्या देख्दिनँ ।’
त्यस्तै चेन्नई सुपर किंग्सका ब्याटिङ कोच माइकल हसी कोरोना संक्रमण भएको कारण भारतमै बस्नेछन् । उनी निको भएपछि अनुकूल समयमा अष्ट्रेलिया फर्काइने जनाएको छ ।
Categorized in स्पाेर्ट्सCricket Australia confirms that its players, coaches, match officials and commentators have been safely transported from India and are en route to the Maldives after the suspension of IPL 2021 pic.twitter.com/W5vHTwmB7i
— ANI (@ANI) May 6, 2021
