arin enterprises

विश्वकपका लागि अष्ट्रेलियन टोलीको घोषणा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २१, बिहिबार

यस वर्ष भारतमा आयोजना हुने आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाले टोली घोषणा गरेको छ ।

अष्ट्रेलियाले प्याट कमिंसको कप्तानीमा १५ जना सदस्यको प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

एकादिवसीय क्रिकेट विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुँदैछ ।यस्तै यस विश्वकपमा अष्ट्रेलियाले ८ अक्टोबरको दिन आयोजक भारत विरुद्ध आफ्नो पहिलो खेल्दै छ ।

गत महिना उसले १८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । जसबाट लेग स्पिनर तनवीर सांघा, तीव्र गतिका बलर नाथन एलिस र अलराउण्डर आरोन हार्डीलाई बाहिर राख्दै टोली घोषणा गरेको हो ।

अष्ट्रेलियाको टोली

प्याट कमिन्स (कप्तान), सन एबोट, एस्टन एगर, एलेक्स केरी, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा

Categorized in स्पाेर्ट्स