बाबर अजाम र रेशेल हेन्स बने आइसिसी प्लेयर अफ दि मन्थ
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २९, मंगलबार

बाबर अजाम र रेशेल हेन्सले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘प्लेयर अफ दि मन्थ’ मार्चको अवार्ड जितेका छन् ।
आइसिसीले आफ्नो वेभ पोर्टलमा आएको समर्थकको भोट र आइसिसी भोटिङ एकेडेमीको आधारमा अवार्ड घोषणा गरेको हो।
पाकिस्तानका कप्तान बाबरले वेस्टइण्डीजका क्र्याइक ब्रेथवेट र अस्ट्रेलियाका प्याट कुमिन्सलाई पछि पार्दै मार्च महिनाको उत्कृष्ट क्रिकेटर बने ।
उनले हालै अस्ट्रेलियाविरूद्धको दोस्रो टेष्टमा १९६ रनको पारी खेल्दै सिरिजमा ३९० रन जोडेका थिए। यसबाहेक बाबरले वानडे सिरीजमा पनि शानदार प्रदर्शन गरेका थिए ।
यस्तै अष्ट्रेलियालाई सातौं पटक विश्वकपको उपाधि जिताएकी रेशेल हेन्स महिलातर्फ उत्कृष्ट खेलाडी भइन् । उनले इंग्ल्याण्डकी सोफी एकलेस्टोन र दक्षिण अफ्रीकाकी लौरा वोलवार्टलाई पछि पारे ।
विश्वकप २०२२ मा उनकै उत्कृष्ट प्रदर्शनले अष्ट्रेलियाले उपाधि जितेको थियो। रेशेलले आठ खेलमा ६१.२८ को औसतमा ४२९ रन बनाएको थियो ।
Categorized in स्पाेर्ट्सPakistan's Babar Azam becomes the first man to win the ICC Player of the Month for a second time https://t.co/mWJjbyT0iV
— ICC (@ICC) April 12, 2022
