‘जसपाले सांसद नभएका आफन्तलाई मन्त्री बनाउने कुरा भ्रम मात्रै’
SamacharDesk – बिराज | २०७८ श्रावण १८, सोमबार

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाले सांसद नभएका आफन्तलाई मन्त्री बनाउन नलागेको बताएका छन् ।
आइतबार उनले ट्वीट गर्दै जसपाबाट सांसद नभएका आफन्तलाई मन्त्री बनाउन लागेको भन्ने कुरा भ्रम मात्र हो भन्दै उनले यस्तो लेखेका हुन् ।
उनले यस सम्वन्धमा जसपाको एकता भड्काउन खोज्ने तत्वले झुटको बेलुन उडाएको दावी गरेका छन् ।
‘वैकल्पिक शक्ति निर्माण र जसपाको एकता भककाड्न उद्यत तत्वहरूले अरू केही निहुँ नपाएपछि हामीले सांसद नभएका आफन्तलाई मन्त्री बनाउन खोज्दैछौं भन्ने झुटको बेलून उडाउन थालेछन्’ भट्टराईको भनाई हो ।
झुटको भ्रममा नपर्न आग्रह गर्दै भट्टराईले आकाशतिर फर्केर कसैले नथुकोस् भनेर समेत लेखेका छन् ।
उहाँले जसपाको एकता भड्काउन खोज्नेलाई व्यङ्ग गर्दै यस्तो समेत लेखेका छन्, ‘भुस्याहा कुकुर स्वर्ग पुगे पनि आची खोज्दै हिँड्छ रे !’
Categorized in राजनीति