arin enterprises

मेयर बालेनको पूर्वप्रधानमन्त्री ओलीलाई जवाफ

SamacharDesk | २०७९ मङ्सिर १४, बुधबार

एमाले अध्यक्ष ओलीले हिजो पार्टी मूख्यालयमा आयोजित कार्यक्रममा थापाथलीका सुकम्सबासीमाथि बल प्रयोग गरेर महानगरपालिका र सरकारले ताण्डव मच्चाएको टिप्पणी गरेका थिए ।

सोही टिप्पणीको जवाफ दिंदै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज सामाजिक सञ्जालमार्पmत् एमाले अध्यक्ष केपी ओलीलाई जवाफ दिएको छ ।

मेयर बालेन्द्र शाहले पूर्वप्रधानमन्त्री ओलीलाई राजनीतिक नेतृत्वले सुकुम्वासीहरुलाई भोट बैंक मात्रै बनाएको भन्दै नदी किनार अतिक्रमण गरी बसेका सुकुम्वासीहरुलाई हटाउने अभियानमा सक्दो सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले दिनु भएको जवाफ यस्तो छ,

सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू,

अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो ।

किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ।

सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् ।

तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी सुनधारा सक्काएर सेतो टावर किन ठड्याउनु भयो रु हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो रु यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।

तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।

Categorized in राष्ट्रिय